दफा ५
गैर आवासीय नेपालीको हैसियत कायमै रहने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम लगानी गरेको विदेशमा बस्ने नेपाली नागरिक कुनै उद्योग वा व्यवसाय सञ्चालनको सिलसिलामा त्यस्तो उद्योग वा व्यवसायको सञ्चालक वा उच्च व्यवस्थापकीय पदाधिकारीको हैसियतले नेपालमा बसोवास गरेमा पनि निजको गैर आवासीय नेपालीको हैसियत कायमै रहनेछ ।